फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुन अझै एक महिना बाँकी छ । तर, अभिनेत्री केकी अधिकारी अहिलेदेखि नै लामो श्वास फेर्न थालेकी छिन् ।
अरु बेलामा फिल्ममा काम गर्यो, निर्माताले भनेको ठाउँमा पुग्यो सकियो । तर, यसपटक केकीलाई त्यती गरेर मात्र सुख छैन । यसपटक केकी फिल्मको हरेक कामदेखि प्रचारमा आफै कुदेकी छन् । समय मिलाएकी छिन्, प्रचारका लागि भनेकी छिन् ।
केकी आफै निर्मात्री रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ गतेबाट रिलिज हुँदैछ । यसैले, पनि केकीको दौडधुप बढेको छ । केकी आफूलाई यस्तो गाह्रो होला भनेर थाहा नभएको बताउँछिन् । विशाल भण्डारीको निर्देशनमा बनेको यो फिल्ममा केकी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।
फिल्म बनाउन थालेपछि कलाकारले निर्माताको पीडा वुझ्छन् । केकी अहिले सोही पीडा भोगिरहेकी छिन् र वुझिपनि रहेकी छिन् ।