फिल्म पाउनु आफैमा गाह्रो । पाएपछि सो फिल्मको काम गतिलोसँग भएन भने झनै गाह्रो । अभिनेत्री बर्षा सिवाकोटी अहिले यो कुरामा ‘अनलक्की’ जस्तै देखिएकी छिन् । फिल्म ‘रानी महल’का लागि उनले करिब सात महिना कुरिन् । फिल्मको घोषणा पनि भयो । तर, फिल्म छायांकनमा जाने ढिलाई भएपछि उनले फिल्म नै छाडिन् । यो फिल्म छाडेपछि उनले फिल्म ‘जय शम्भु’मा संझौता गरिन् ।
महंगो बजेटमा बन्ने भनिएको फिल्मको छायांकन पनि सुरु भयो । तर, अहिले फिल्मको छायांकन रोकिएको छ । अब, फिल्म के हुन्छ भन्ने नै थाहा छैन ।
बर्षाले यो फिल्मका लागि धेरै म्यूजिक भिडियो मात्र छाडिनन्, अमेरिकाका लागि काटेको टिकट पनि रद्द गरिन् । तर, फिल्मको छायांकन आधा पनि सकिएको छैन ।
कहिले फिल्म पाउन नै गाह्रो, कहिले पाएर पनि काम नहुने । यस्ता कुरामा बर्षा ‘अनलक्की’ नै हुन् ।