फिल्म ‘सत्रु गते’ले बम्पर कमाई गरेपनि अभिनेता पल शाहको खासै चर्चा भएन । फिल्म चल्नु अगाडि मिडियामा पल नै हाइलाइट भएपनि फिल्म चलेपछि उनी छायाँमा परे । पलले यस्ता खालका भूमिकामा काम गरेर अगाडि बढ्न नसक्ने टिप्पणी खुबै भयो ।
युटुबमा अत्याधिक धेरै इन्टरभ्यू दिएकाले पनि पल अहिले सस्तो देखिएका छन् । यसैले, अब उनले आफूलाई रिजर्भ राख्न लागेको चर्चा छ ।
पलले अब नयाँ कुन फिल्ममा काम गर्छन् भन्ने पनि एकिन छैन ।
पललाई ‘सत्रु गते’ रिलिज अगाडि धेरै फिल्मबाट अफर आएपनि उनले काम गरेनन् । बरु, यहि फिल्मको प्रचारका लागि दौडिए । बल्ल आएर पलले आफू धेरै सस्तो भएको वुझेका छन् । यसैले पनि अब केहि समय रिजर्भ बस्ने उनको सोच छ ।
पलले अब आफूलाई केहि भिन्न र शक्तिशाली भूमिकामा उभ्याउन जरुरी छ । के, केहि समय रिजर्भ बसेर उनले यो काम गर्लान् त ?