फिल्म ‘डमरुको डण्डिबियो’को ट्रेलर रिलिज गरिएको छ । खगेन्द्र लामिछानेलाई शिर्ष भूमिकामा राखेर यो फिल्म तयार भएको छ । खगेन्द्रले नै फिल्मको कथा लेखेका हुन् ।
यो फिल्म वैशाख २१ गतेबाट रिलिज हुँदैछ । फिल्मलाई छेतन गुरुङले निर्देशन गरेका हुन् । नेपालबाट लोप हुन थालेको डण्डिबियो खेलको विकास र उत्थानका लागि यो फिल्मले काम गर्ने विश्वास लिइएको छ । फिल्ममा खगेन्द्र लामिछाने, मेनुका प्रधान, वुद्धि तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारलाई देख्न सकिन्छ ।
समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मलाई नोर्वु छिरिङ घले र विनोद गुरुङले लगानी गरेका हुन् । फिल्ममा हरि हुमागाँइको छायांकन, निमेष श्रेष्ठ र पि्रतम पाण्डेको सम्पादन छ ।