चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । उनकी पत्नी यशोधा सुवेदी श्रेष्ठको गएराती उपचारका क्रममा निधन भएको हो । उनको, उपचारका क्रममा अस्पतालमा नै निधन भएको हो । यशोधा लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिइन् ।
उनको मंगलबार पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । छोरा यमन श्रेष्ठले उनलाई दागवत्ती दिएका थिए । यशोधालाई अन्तिम श्रद्धाञ्जली दिनका लागि फिल्म क्षेत्रका थुप्रै फिल्मीकर्मी पशुपति आर्यघाट पुगेका थिए ।
पत्नी शोकमा कलाकार मदनकृष्ण श्रेष्ठ भावबिव्हल देखिए । उनलाई उनका साथी हरिवंश आचार्यले सम्हाल्ने प्रयास गरेका थिए ।