राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै जेठ ४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हैरान’को फस्टलुक रिलिज भएको छ । फिल्मको पोष्टरमा फिल्मका सबै कलाकार अटाएका छन. ।
विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देन गरेको यो फिल्ममा सरोज खनाल, गजित बिष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ , वसिम राजाको मुख्य भूमिका छ । पहिलो फिल्ममा बाबु छोरी बीचको प्रेमलाई देखाएका सौगातले दोश्रो फिल्ममा भने सामाजिक विषयवस्तुलाई समेटिएको बताए ।
डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन । फिल्ममा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , द्वन्द चन्ऽ पन्त , संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य ,किरण कडेल , राजन इशान र सन्तोष श्रेष्ठ रहेका छन् ।
फिल्ममा नवराज उप्रेती र निरज कडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन रहेको छ ।