अभिनेता साहरुख खान र अभिनेत्री करिना कपुरको जोडी फिल्म ‘रा वन’मा देखिएका थिए । यो फिल्म सफल भयो । तर, यी दुई त्यसपछि फेरि पर्दामा देखिएका छैनन् ।
तर, अब भने अभिनेता साहरुख खानको मुख्य भूमिका रहने फिल्म ‘स्यालुट’मा अभिनेत्री करिना कपुरले काम गर्ने चर्चा छ । बलिउड अनलाइनहरुका अनुसार, करिनाको नाममा अहिले छलफल भैरहेको छ । तर, यसको निर्माण टिमले फाइनल कुरा बाहिर ल्याएको छैन ।
अभिनेता साहरुख खान अहिले फिल्म ‘जिरो’को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकन सकिए लगतै उनी ‘स्यालुट’को तयारीमा लाग्नेछन् । साहरुखले विचमा फिल्म ‘जिरो’को प्रमोशनका लागि समय लिनेछन् ।
अभिनेत्री करिना कपुर र साहरुखको जोडी यो फिल्ममा देखिदा दर्शकका लागि रोचक हुनेछ । पहिलो पटक चन्द्रमामा पुग्ने भारतीय नागरिक राकेश शर्माको जीवनीमा यो फिल्म बन्नेछ ।