अभिनेता सविन श्रेष्ठको शरीर हेर्दा जो कोहि पनि लोभिन्छन् । उनी दैनिक जीम जान्छन् र शरीर बनाउँछन् । थोरै मात्र अभिनेताले सविनको जस्तो शरीर बनाउन सक्छन् ।
सविन जीममा धेरै मिहिनेत गर्ने कलाकार भएपनि उनलाई दर्शकले भने पत्याएका छैनन् । शरीर राम्रो हुने वित्तिकै कुनै कलाकार हिट हुन्छ भन्ने अपवाद नै सविन । कारण, उनको शरीर बनेपनि क्रेज बन्न सकेको छैन ।
सविन अभिनेत्री अनु शाहसँगको प्रेम र कानुनी बिहेका कारण चर्चामा रहे । तर, उनीहरुको प्रेम फक्रिए पनि बिहेको चर्चा सेलाएको छ । सविन अभिनित फिल्मले हलमा दर्शक तान्न सकेका छैनन् । उनी नै निर्माता बनेर बनाएको फिल्म ‘हिरो रिटन्र्स’ कहिले चल्छ पत्तो छैन ।
सविनले फिल्म चुज गर्न नजान्दा उनको क्रेज बन्न नसकेको हो । शरीर बनेपनि क्रेज नबन्दा सविनलाई पनि थकथकी त हुन्छ नै होला ।