अभिनेता दयाहाङ राइले फिल्म ‘नेप्टे’मा आफूले गरेको खलपात्रको भूमिका नयाँ प्रयोग भएको बताएका छन् । अभिनेता राइले मिडिया कुराकानीमा भनेका छन्-‘म जिन्दगीको हरेक पाटो औल्याउन चाहन्छु । यो फिल्ममा पनि मेरो एउटा नयाँ कोशिश हो ।’
देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्म चैत्र ३० गतेबाट रिलिज हुँदैछ । अभिनेता राई खलपात्रको भूमिकामा देखिएको यो फिल्ममा रोहित रुम्बा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ मुख्य भूमिकामा छन् । देवकुमार श्रेष्ठले यो फिलमको निर्देशन गरेका हुन् । दयाले आफू रिल लाइफमा मात्र खलनायक भएको बताए ।
फिल्मका मुख्य अभिनेता रोहितले दयाहाङ सुपरस्टार भएको भन्दै आफूलाई पनि उनीजस्तै बन्ने लोभ लाग्ने गरेको बताए ।