अभिनेता पल शाह अहिले विवादमा तानिएका छन् । पलले आफैले बोलेको एक कुराले गर्दा विवाद भएको हो । पलले एक युटुब च्यानललाई दिएको अन्र्तवार्तामा आफूहरु जस्ताले गर्दा फिल्म क्षेत्र धानिएको आशयको बयान दिएका छन् । पलले, हामी जस्ता केही हिरोले मात्र फिल्म क्षेत्र नधान्ने भन्दै अन्य एक दर्जन यस्ता हिरो भएमा फिल्म क्षेत्र माथि जाने बताएका थिए ।
तर, पलले कुरो मिलाएर बोल्न नजान्दा उनी ट्रोलको शिकार पनि भएका छन् । साथै, उनलाई फिल्म क्षेत्रकै चर्चित फिल्मीकर्मीहरुले उडाइरहेका छन् । अभिनय निकै कमजोर गर्ने पल जस्ता हिरो भएको खण्डमा के फिल्म क्षेत्र माथि जाला त भन्ने प्रश्न पनि उब्जिएको छ । अर्कोतिर, केहि फिल्ममा काम गर्न नपाउँदै पलको फुर्ती बढेको भन्दै आलोचना पनि हुन थालेको छ ।