अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह पहिरनको मामालामा चुजी छिन् । उनले लगाएका पहिरनकै कारण उनले संचारमाध्यममा चर्चा पाइरहेकी छिन् । कहिले विकिनी फोटोमा खुलेकी साम्राज्ञी कहिले कालो गाउनमा खुल्ने गर्छिन् । राजधानीमा आयोजना भएको फिल्म ‘तिमी सँग’को प्रिमियरमा साम्राज्ञीको पहिरन आकर्षक थियो । कालो गाउनमा साम्राज्ञीले आफूलाई बोल्ड बनाउने प्रयास गरेकी थिइन् ।
माथिल्लो भाग केहि खुलेको पहिरन तल लामो थियो । यसैले, पानीमा साम्राज्ञीको पहिरन लत्रियो । साम्राज्ञीलाई सो पहिरन तान्न धौ धौ भयो । अभिनेता नाजिर हुसेनसँग साम्राज्ञी प्रिमियरमा देखिएकी थिइन् । यो फिल्म आजबाट रिलिज भएको छ । शिशिर राणाले निर्देशन गरेको यो फिल्ममा साम्राज्ञी, नाजिर र आकाश श्रेष्ठको मुख्य भूमिका छ ।