चैत्र ३० गते फिल्म ‘लिलिबिली’ रिलिज हुँदैछ । यो फिल्ममा मुख्य भूमिकामा अभिनेता प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्म रिलिज हुन एक साता बाँकी छ ।
यो फिल्म रिलिज अगावै अभिनेता प्रदिप र जसिताको जोडी चर्चामा छ । फिल्मी पर्दामा यो जोडीलाई हेर्न दर्शक पनि आतुर देखिएका छन् । फिल्म रिलिज अगावै अभिनेत्री जसिता गुरुङले दर्शकको मनमा कब्जा जमाएकी छिन् ।
जसिताको सुन्दरता र अभिनयको तारिफ भैरहेको छ । नेपाली फिल्मले नयाँ अभिनेत्री पाएको चर्चा समेत भैरहेको छ । जसिताले फिल्मकी अर्की चर्चित अभिनेत्री प्रियंका कार्कीलाई नै छायाँमा पारिदिएकी छिन् । फिल्म रिलिज अगावै कमै मात्र जोडीको डिमाण्ड यति धेरै देखिनेगर्छ ।