शुक्रबारदेखि रिलिज भएको फिल्म ‘तिमी सँग’को क्रेज देशभर दुई दिन देखिएको छ । शुक्रबार र शनिबार यसले सिंगल र मल्टिप्लेक्स दुबै हलमा राम्रो कमाई गरेको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको क्रेज हलमा देखिएको छ । तर, लण्डन उडेका कारण साम्राज्ञी हलमा भने पुग्न पाइनन् । शुक्रबार र शनिबार नै अभिनेता नाजिर हुसेन हलमा पुगेका थिए । दर्शकले दिएको मायाका कारण फिल्म चलेको भन्दै नाजिर खुशी देखिएका थिए ।
शिशिर रानाले निर्देशन गरेको यो फिल्मलाई मल्टिप्लेक्स हलमा भने कम शो दिइएको छ । तेश्रो सातामा प्रवेश गरेको फिल्म ‘सत्रु गते’लाई नै मल्टिप्लेक्सले नै निरन्तरता दिएका थिए । मल्टिप्लेक्समा तेश्रो साता फिल्म चल्दा निर्मातालाई भन्दा हललाई फाइदा हुन्छ । यहिकारणले गर्दा पनि मल्टिप्लेक्समा ‘तिमी सँग’लाई कम हल दिएर ‘सत्रु गते र बागी २’लाई मल्टिप्लेक्सले बढी हल दिएको वुझ्न सकिन्छ ।