अभिनेता राजेश हमालले फिल्म निर्देशन गर्ने भनेको लामो समय भएपनि उनले यसमा कदम अगाडि बढाउन सकेका थिएनन् । फिल्मको बजार राम्रो नरहेको र दर्शकको टेष्ट बदलिएको भन्दै उनले कथावस्तु छनोट गर्न नसकेको बताउँदै आएका थिए ।
तर, अब अभिनेता राजेश हमाल फिल्म निर्देशन गर्न तम्सिएका छन् । हमालले निर्देशन गर्न लागेको फिल्मको नाम गोप्य राखिएको छ । फिल्मको छायांकन सुरु भएपछि मात्र नाम सार्वजनिक गरिनेछ । हमालले निर्देशन गर्ने फिल्मका लागि अभिनेत्री प्रियंका कार्कीसँग एक पटक कुरा भएको थियो ।
यस्तै, अर्की अभिनेत्री नम्रता सापकोटासँग पनि कुरा भैरहेको छ । ३ करोडको बजेटमा हमालले लभ स्टोरी फिल्म नै बनाउनेछन् । फिल्मलाई अमेरिकामा रहेका २ नेपालीले लगानी गर्ने चर्चा समेत चलेको छ । हमाल दिल्लीबाट फर्किएपछि यस बिषयमा अझ छलफल हुने मिडियामा रिपोर्ट छ ।