फिल्म ‘रामकहानी’को सुटिङ सकिएको छ । फिल्ममा समावेश गरिएको एक गीतको छायांकन रौतहटको सन्तपुरमा रहेको ‘एकिकृत नमुना बस्ती सन्तपुर’मा गरिएको छ ।
फिल्मका मुख्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइले यो गीतमा नृत्य गरेका छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द र संगीत, सुगम पोखरेल र अन्जु पन्तको स्वर छ ।
सुदर्शन थापाले यो फिल्मको निर्देशन गरेका हुन् । भदौ २२ गतेबाट यो फिल्म रिलिज हुँदैछ । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् । भिडियोमा १२० जना कोरसले नृत्य गरेका छन् ।