फिल्म ‘तिमी सँग’को लिड भूमिकामा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छन् । फिल्ममा नाजिर हुसेन पनि मुख्य भूमिकामा छन् । तर, फिल्मको प्रचारमा नाजिर र साम्राज्ञी मात्र देखिए ।
आकाश कुनै पनि प्रमोशनको कार्यक्रममा नदेखिएपछि निर्देशक शिशिर राना आक्रोशित भएका छन् । उनले, आकाशले ट्रेलरमा नाजिर हाबी भएको भन्दै आकाश प्रचारमा नहिडेको बताए ।
साथै, उनले आकाशले आफूलाई धोका दिएको समेत बताएका छन् । आकाशलाई अरु कसैले नै उचालेको र प्रचारमा नहिड्न भनेको उनको आरोप छ । उनले घुमाउरो पारामा फिल्म ‘रामकहानी’को टिमलाई दोष थुपरेका छन् ।