अभिनेत्री सुष्मा कार्कीको फेसबुक पेज चेक गर्ने हो भने दैनिक कुनै न कुनै तस्बिर अपलोड हुन्छ नै । सुष्मा कार्कीलाई अहिले दर्शकले फिल्मको पर्दामा हेर्न पाएका छैनन् । तर, फेसबुकमा भने उनका हट पोजहरु दैनिक भेटिन्छन् ।
सुष्माका हरेक तस्बिरमा एउटा विशेषता छ । त्यो के भन्दा, सुष्माको ट्याटु । बक्षस्थलको ठ्याक्कै माथि खोपिएको उनको सूर्य चिन्हको ट्याटु उनले देखाउन कहिले छाड्दिनन् ।
सायद, सुष्मा अरु कुराले चर्चा नपाएपनि ट्याटुकै कारणले चर्चा पाउने धुनमा छिन् । सुष्मा कार्की सामाजिक संजालमा हट तस्बिर पोष्ट गर्न माहिर छिन् ।
उनले, नयाँ फिल्ममा अभिनय गरेको खबर नभएपनि उनी विदेश यात्रामा भने व्यस्त छिन् ।