अभिनेत्री जेनिशा केसीले केहि महिना अगाडि बलिउडका अभिनेता सलमान खानसँग भेटेकी थिइन् । जेनिशा र सलमानको भेट भएपछि धेरैले उनले बलिउडमा काम गर्न लागेको भन्दै अनुमान गरे ।
तर, जेनिशाले सलमानलाई अभिनेता मिथुन चक्रवर्तीको कारण भेट्न पाएकी हुन् । मिथुन जेनिशाको पिताका साथी हुन् । यसैले, मुम्बइमा रहेकी जेनिशाले मिथुनको सहयोगमा सलमानसँग भेट गरेकी हुन् ।
सलमानसँग भेट भएपनि फिल्ममा काम गर्ने बिषयमा कुनै कुरा नभएको जेनिशाले बताएकी छिन् । जेनिशाका अनुसार, उनी अहिले बलिउडमा पनि अवसर खोज्ने क्रममा छिन् ।
तर, नेपाली फिल्ममै अगाडि बढ्ने उनको योजना छ । जेनिशा नेपाली फिल्ममा खासै सफल हुन नसकेपछि मुम्बइतर्फ लागेकी थिइन् ।