बारम्बार प्रदर्शन मिति सरेको फिल्म ‘ह्याप्पी डेज’ वैशाख १४ गतेबाट रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सले पाँचौ पटक मिति तोक्दै अब फिल्म नसर्ने पनि बताएका छन् । यो फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता मुख्य भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति बारम्बार सरेपनि अब नसर्ने र प्रचारलाई तिव्रता दिइने मिलनको भनाई छ ।
यो फिल्म मिलनले नै निर्देशन गरेको अर्को फिल्म ‘लिलिबिली’ रिलिज भएको २ सातापछि रिलिज हुनेछ । अब, यो फिल्म अभिनेत्री केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’सँग जुध्ने भएको छ ।