अभिनेत्री नम्रता श्रेष्ठलाई नलिई निर्देशक दिनेश राउतले फिल्म नै बनाउँदैनन् । आखिर, किन होला ? ‘नोभेम्बर रेन, क्लासिक, पर्व र प्रसाद’मा नम्रता नै हिरोइन भएपछि यो प्रश्न उठेको छ । यो प्रश्नको जवाफ दिदै निर्देेशक दिनेश राउतले आफू र नम्रताविच कुनै त्यस्तो सम्बन्ध नभएको बताएका छन् ।
उनले, नम्रतामा गुदी भएकाले आफूले फिल्ममा लिइरहेको बताएका हुन् । नम्रताले फिल्ममा राम्रो अभिनय गर्ने र आफ्नो ट्यूनिङ मिल्ने भएकाले फिल्ममा लिएको दिनेशले बताए ।
दिनेश र नम्रता नजिक छन् । नम्रता हिरोइन नहुने भएकै कारण दिनेशले अभिनेता आर्यन सिग्देलको फिल्म नगरेको चर्चा पनि चलेको थियो ।