अभिनेत्री बर्षा राउतले एक संझौता गरिसकेको फिल्म छाडेकी छिन् । निर्माणपक्षसँगको सहमतिमा नै उनले नाम तय नभएको एक फिल्म छाडेकी हुन् । केशव भट्टराइले निर्माण गर्न लागेको फिल्ममा बर्षाले काम गर्ने फाइनल भएको थियो ।
तर, बर्षाले एक विज्ञापनमा काम गर्ने तयारी पनि गरिन् । फिल्मका निर्माताले भने यो फिल्म अगाडि विज्ञापन नखेल्न आग्रह गरेपछि बर्षाले मानिन् । जसकाकारण, बर्षाले फिल्ममा काम नगरेको बताएकी छिन् ।
बर्षाले फिल्म छाडेपछि फेरि अभिनेत्रीको संकट निर्माता केशव भट्टराइलाई परेको छ । फिल्मलाइ सम्राट शाक्यले निर्देशन गर्दैछन् । फिल्ममा सलिनमान बनियाँले काम गर्ने चर्चा भएपनि फाइनल भएको छैन । अब बर्षाले फिल्म ‘चौका दाउ’मा काम गर्नेछिन् ।