बी एन्ड बी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’को शिर्ष गीत रिलिज भएको छ । अन्जु पन्त र फिरोज बस्नेतको स्वर रहेको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ ।
यो फिल्ममा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुप पुरुष ढकालको मुख्य भूमिका छ । यो गीतमा भने मनिष र मलिनालाई देखाइएको छ । कविराज गहतराज र रेनशा बान्तवा राइको कोरियोग्राफी रहेको भिडियोलाई रामशरण उप्रेतीले खिचेका हुन् । यो फिल्मको लेखक तथा निर्देशक विकास बस्याल हुन् ।
यो फिल्मका निर्माता प्रकाश बास्कोटा हुन् ।