फिल्म ‘प्रसाद’को निर्माण हुने भएको छ । निर्देशक दिनेश राउतले निर्देशन गर्ने यो फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र नविन मानन्धरलाई देख्न सकिनेछ । वैशाखको अन्तिमबाट यो फिल्मको छायांकन हुनेछ ।
यो फिल्मले निःसन्तान पति र पत्नीको असमझदारी, अविश्वासको कथालाई उठान गर्ने निर्देशक राउतले पत्रकार सम्मेलनमा बताए । फिल्मको कथा सुशिल पौडेलले लेखेका हुन् ।
यो फिल्ममा राजेश श्रेष्ठको छायांकन हुनेछ । फिल्मले दर्शकलाई हसाउने वा रुवाउने काम नगरेपनि फिल्म हेरिसकेपछि एकपटक सोच्न वाध्य बनाउने निर्देशक राउतले बताएका छन् ।
यो फिल्मको कथावस्तुको केहि गम्भिर रहेको लेखक पौडेलले बताए । अभिनेत्री नम्रता श्रेष्ठले फिल्म ‘प्रसाद’को कथा निकै रोचक र गम्भिर भएको बताइन् । फिल्म ‘जाइरा’पछि आफूले यो फिल्मको छायांकन सुरु गर्ने उनको भनाई छ ।