अभिनेता सरोज खनाल अर्का अभिनेता अनमोल केसीको क्याप्टेन बन्ने भएका छन् । भूवन केसीको निर्माण तथा दिवाकर भट्टराइको निर्देशनमा बन्न लागेको फिल्म ‘क्याप्टेन’मा सरोज अनमोलका क्याप्टेन बन्न लागेका हुन् । यो फिल्म फुटबलको कथामा निर्माण हुँदैछ ।
जसमा, अनमोल केसीको टिमको क्याप्टेनको रुपमा सरोज देखिनेछन् । पछि, अनमोल नै टिमको क्याप्टेन बन्नेछन् । एउटा गाउँबाट फुटबल खेलेर राष्ट्रिय स्तरको खेलाडी बन्न सफल यूवाको कथामा यो फिल्म बन्दैछ ।
सरोजले पनि अहिले फिल्मका लागि फुटबल सिकिरहेका छन् । सरोज र अनमोलले फिल्म ‘कृ’ मा काम गरिसकेका छन् । सरोजले फेरि पनि अनमोलसँग नै काम गर्न पाउँदा खुशी लागेको बताएका छन् ।
यो फिल्मको छायांकन वैशाखबाट सुरु हुनेछ । फिल्ममा उपासना सिंह ठकुरी अभिनेता केसीको जोडीको रुपमा फाइनल भैसकेकी छिन् ।