मल्टिप्लेक्समा उच्च शो पाउँदै फिल्म ‘लिलिबिली’ आजबाट रिलिज भएको छ । बर्षकै प्रतिक्षित फिल्मको रुपमा रहेको यो फिल्मले क्यूएफएक्सको ५ वटा चेनमा २५ शो पाएको छ । कुमारी, लाबिम, जय नेपाल, छाया सेन्टर र सिभिल मलमा गरेर यो फिल्मले २५ शो पाएको हो ।
अन्य मल्टिप्लेक्समा पनि फिल्मले उच्च शो पाएको छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा प्रदिप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठको मुख्य भूमिका छ । फिल्मले इनिसियल व्यापारमा राम्रो कमाई गर्ने विश्वास निर्माता गोविन्द शाहीको छ । अभिनेता प्रदिप खड्काको क्रेजका कारण पनि यो फिल्म इनिसियल व्यापारमा सुखद हुने अपेक्षा गर्न सकिन्छ ।
लभ स्टोरी जनराको यो फिल्मको व्यापारले अभिनेता प्रदिप खड्काको स्टारडमको मापन गर्नेछ ।