अभिनेता नाजिर हुसेनले चैत्र २३ गतेबाट रिलिज भएको फिल्मको इनिसियल व्यापारमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकै मुख्य भूमिका रहेको बताएका छन् । नाजिरले साम्राज्ञीको स्टारडमका कारण फिल्म हेर्न दर्शक हलसम्म आउनुभएको बताए ।
फिल्म हेरिसकेपछि भने दर्शकले आफ्नो भूमिका पनि मन पराएको नाजिरले बताएका छन् । नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीकै कारणले फिल्म चल्छ भन्ने साम्राज्ञीले देखाएकी छिन् । जसकाकारणले गर्दा उनी डिमाण्डेड पनि बनिरहेकी छिन् ।
कम हल पाएपनि साम्राज्ञीको स्टारडमका कारण यो फिल्म हेर्न हलमा दर्शक आएका थिए । शिशिर रानाले यो फिल्मको निर्देशन गरेका हुन् । फिल्मले एक सातामा करिब ९० लाख ग्रस कलेक्शन गरेको छ ।