निर्देशक अशोक शर्माले निर्माण तथा निर्देशन गरेको फिल्म ‘जय भोले’को टिजर सार्वजनिक भएको छ । फिल्म रिलिज हुन ६ महिना बाँकी छ । फिल्म रिलिजको ६ महिना अगाडि नै टिजर सार्वजनिक गरेर अशोकले नयाँ प्रचार शैली अपनाएका छन् ।
सामाजिक कमेडी कथामा बनेको यो फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेलको मुख्य भूमिका छ । फिल्मलाई १ करोड ६० लाखको बजेटमा तयार गरिएको हो । झापा र इलाममा फिल्म खिचिएको छ । खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजानराज सिवाकोटी र कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य, रोशनविक्रम भट्टराइको द्धन्द्ध छ ।
फिल्मको टिजरमा कमेडीलाई स्थान दिइएको छ । जसलेगर्दा, दर्शकमा कौतुहलता बढ्नेछ ।