हाँस्य अभिनेता केदार घिमिरेलाई लिएर फिल्ममा काम गर्न अहिले निर्माताहरु आतुर छन् । उनलाई २० देखि २५ लाखसम्मको डिमाण्ड गरिएको छ । उनले केहि हप्ता अगाडि मात्र २५ लाखको अफर अस्विकार गरेका थिए । अब, फेरि केदारले २० लाख पारिश्रमिकको अफर पनि अस्विकार गरेका छन् ।
केदारले अब ‘छक्का पन्जा’को टिम भन्दा बाहिरी ब्यानरको फिल्ममा काम नगर्ने निर्णय गरेका हुन् । अभिनेता घिमिरेले फिल्म ‘रामकहानी’मा १० लाख पारिश्रमिक लिएर काम गरेका थिए । तर, अब उनले जति पारिश्रमिक दिएपनि बाहिरी ब्यानरमा काम नगर्ने बताएका हुन् । यसैले, कसैले पनि आफूलाई अफर नगर्न उनले आग्रह पनि गरेका छन् ।