अभिनेता अनमोल केसीलाई भेट्न भनेर भारतको कालिङ्पोङ्देखि आएका ४ जना किशोरीहरुलाई परिवारले फिर्ता लगेका छन् । अनमोललाई भेट्न भन्दै परिवार र स्कुलमा समेत खबर नगरि नेपाल आएका उनीहरुलाई कोटेश्वरबाट माइती नेपालले संरक्षणमा लिएको थियो । माइती नेपालको संरक्षणपश्चात उनीहरुलाई परिवारले फिर्ता लगेका छन् ।
उनीहरुले, अभिनेता अनमोल केसीको फ्यान भएको र उनीसँग तस्बिर खिचाउन र कुराकानी गर्न आफूहरु भागेर आएको बताएका थिए ।
अभिनेता अनमोल केसी उनीहरुलाई भेट्नका लागि तयार पनि भएका थिए । तर, परिवारले नै लगेपछि अनमोलले ती यूवती फ्यानलाई भेट्न पाएनन् ।
१४ देखि १६ बर्षका उनीहरु काँकडभिट्टाबाट कोटेश्वर आइपुगेका थिए । कोटेश्वरबाट माइती नेपालका प्रतिनिधीले उनीहरुलाई संरक्षण गरेका थिए ।