फिल्म ‘चंगा’मा समावेश गीत ‘कम्पनी माला’ युटुबबाट रिलिज भएको छ । जेठ २५ गतेबाट रिलिज हुन लागेको यो गीतमा राजेन्द्र थापाको शब्द, राजनराज सिवाकोटीको संगीत छ । यो गीतमा सिवाकोटीले गायिका अन्जु पन्तसँगको सहकार्यमा स्वर भरेका छन् । यो गीतको भिडियोमा फिल्मका सबै कलाकारलाई फिचरिङ गरिएको छ । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् । यो फिल्मलाई किशोर भण्डारीले निर्देशन गरेका हुन् ।
उनले गीतले फिल्मको कथा र परिवेशलाई झल्काउने बताए । यो फिल्मलाई पूर्ण रुपमा कमेडी जनरामा तयार गरिएको छ । यो फिल्ममा वुद्दि तामाङ, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी बर्देवा, रेश्मा तिमिल्सिना, प्रेमबर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा, लक्की भण्डारीको अभिनय छ । रेश्मा तिमिल्सिनाको फिल्ममा लगानी छ । प्रकु पाण्डे यसका कार्यकारी निर्माता हुन् ।