काठमाडौं | विकासराज आचार्यको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘हजार जुनी सम्म’मा नायिका स्वस्तिमा खड्का फाइनल थिइन्। त्यस्तै, यस फिल्ममा सलोन बस्नेत पनि पक्का भइसकेका थिए।
अब भने फिल्ममा दुई कलाकार थपिएका छन्। नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की। आर्यनले यस फिल्ममा निकै मंहगो पारिश्रमिक बुझेका छन्। उनले यस फिल्मबाट १३ लाख बढि पारिश्रमिक लिएका हुन्। फिल्ममा आर्यन सिग्देलले नायिका प्रियंका कार्कीसँग रोमान्स गर्नेछन्।
नायिका स्वस्तिमाको जोडीका रूपमा भने दिल्लीमा बस्दै आएका अकी प्रधान रहनेछन्। अकीले यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
निर्देशक विकास र बाल कलाकार अनुभव रेग्मीकी आमा कविता रेग्मीको संयूक्त लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले लेखेका छन्।