काठमाडौं | ‘पुनम इन्टरटेन्टमेन्ट’को व्यानरमा बन्न लागेको नयाँ फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी फाइनल भएकी छिन्। केही समय अगाडि यस फिल्ममा नायिका दीपिका प्रसाईंको अभिनय रहने समचार पनि बाहिरिएको थियो। तर, अहिले दीपिकाको रिप्लेसमा नायिका साम्राज्ञी फिल्ममा इन भएकी हुन्।
निर्माण युनिट र साम्राज्ञी बीच एक साता अगाडि मात्र लिखित सम्झौता भएको हो। नवल नेपालको निर्देशनमा बन्ने यस फिल्ममा नायक पुष्प खड्का र रेविका गुरुङ फाइनल छन्।
‘अझै पनि’ निर्मात्री पुनम गौतमको निर्माण गर्ने अनटाइटिल फिल्म माघबाट छायांकनमा जानेछ। लभ स्टोरी फिल्ममा अर्जुन पोखरेल, कृष्ण काफ्ले र दीपक बज्रचार्यको संगीत रहनेछ।