काठमाडौं – नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन्। सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा फिल्म की नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ।
अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको फस्टलुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ। फिल्ममा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। फिल्ममा महेश खड्का, नबिन कार्की र रविराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ।
फिल्ममा दीपशिखा अलि र मौसमसँगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ। नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले संयुक्त रुपमा निर्माण गरेका हुन्। सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुनेछ।