काठमाडौं | दयाहाङ राई स्टारर फिल्म ‘आप्पा’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा सरर’ बोलको गीतमा थुप्देन भुटिया र स्निहाश्री थापाले स्वर दिएका छन् भने उमेश थापाको शब्द तथा अनमोल गुरुङको संगीत रहेको छ।
भिडियोमा दयाहाङ राई यस गीतको भिडियोमा पनि गाडी कुदाइरहेका छन्। फिल्ममा उनी ड्राइभर बनेका छन्।
अनमोल गुरुङको निर्देशनमा तयार भएको यस फिल्ममा दयाहाङसँगै तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको पनि प्रमुख भूमिका रहेको छ। निर्देशक गुरुङको कथा समावेश फिल्मको पटकथा निर्देशक गुरुङ र उमेश उपमाले तयार पारेका हुन्।
‘माउन्टेन पिक्चर्स’ र ‘सिनेमा आर्ट्सको’ संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा रुदेन सादा लेप्चा निर्माताका रुपमा रहेका छन् भने माबो हाङ फिल्मका कार्यकारी निर्माता हुन्। फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन्।
हेर्नुहोस् गीत :