काठमाडौं । फिल्म ‘बोबी २’ निर्माण हुने भएको छ। गत असारमा रिलिज भएको फिल्म ‘बोबी’को दोश्रो भागका रुपमा ‘बोबी २’ निर्माण हुन लागेको हो। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो।
रियल स्टोरीमा रियल जोडी अभिनित ‘बोबी’ सफल फिल्ममा गनिन्छ। ‘बोबी २’मा पनि ‘बोबी’ जोडी उमेश थापा र कविता गुरुङको मुख्य भूमिका रहने छ। यस फिल्ममा भने उनीहरुको बाकीं कथा प्रस्तुत गरिने छ।
‘बोबी २’ लाई ‘बोबी’ निर्देशक मिलन चाम्सले नै निर्देशन गर्नेछन। आउदो चैत्रको दोस्रो साताबाट छायाँकन सुरु हुने यस फिल्ममा यो जोडीले सफलता पाउन गरेको संघर्षलाई देखाइनेछ। फिल्ममा सञ्चारकर्मी नरेश भट्टराईको पटकथा रहने छ।