अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’को हाल धमाधम छायांकन भइरहेको छ। अहिले निर्माण युनिट अमेरिकामा पुगेर अनमोल र सुहानाको रोमान्स खिचिरहेको छ।
अमेरिकामा गीत छायांकन गर्दाको केही तस्विरहरु निर्माण युनिटले सार्वजनिक गरेको छ। सार्वजनिक तस्विरमा अनमोल र सुहानाको रोमान्टिक रुप देखिएको छ। तस्विरमा उनीहरुको जोडी निकै सुहाएको देखिन्छ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतको पनि अभिनय रहेको छ। झरना थापा निर्देशित फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन्।