चैत २९ गतेबाट रिलिज हुने ‘यात्रा’को फस्टलुक सार्वजनिक भएको छ। बिहिबार सार्वजनिक गरिएको फस्टलुकमा नायक सलिनमान बनिया र नव–नायिका मल्लिका महत्तको रोमान्टिक अवतारलाई देखाइएको छ।
सम्राट शाक्यले निर्देशन गरेेेको यस फिल्ममा सलिनमान र मल्लिकासँगै सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धीरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मालगायतको अभिनय रहेको छ।
यसमा विदेशी कलाकारहरू चीनका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ। फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चामा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन्।
‘कोटकी कालिका देवी फिल्म्स’को व्यानरमा बन्ने यस फिल्ममा केशव भट्टराई र सुशिल पोखरेलको लगानी रहेको छ। फिल्मलाई ‘जर्नी लभ स्टोरी’ भनिएको छ। फिल्ममा यात्रामा निस्केको पात्रको परिस्थितिलाई देखाइएकोछ।
फिल्ममा निर्देशक सम्राटकै कथा रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले लेखेका हुन्। फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन्। फिल्ममा कविराज गहतराज र प्रवीण सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द्व, शम्भुजीत बाँस्कोटा, प्रतीक पौडेल र कोविद बज्रको संगीत रहनेछ। सञ्जय लामाले खिचेको फिल्मलाई बनिष शाहले सम्पादन गरेेेका छन्।