नायिका दिपिका पादुकोणले आइतबार आफ्नो इन्टाग्राममा एक फोटो पोस्ट गरिन्। उक्त फोटोमा दीपिका बिल्कुलै फरक देखिएकी छिन् । त्यहाँ उनलाई चिन्न गाह्रो छ। उनको अवतार साच्चिकै फरक छ।
दीपिकाले यो लुक्स नयाँ फिल्म ‘छपाक’मा लागि तयार गरेकी हुन्। यस फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी युवतीको भूमिकामा प्रस्तुत हुदैँछिन्। फिल्मको छायांकन आजबाट सुरु भएको छ।
यस फिल्म सन् २०२० को जनवरी १० बाट रिलिज हुने समेत दीपिकाले उल्लेख गरेकी छिन्। फिल्मलाई मेग्ना गुल्जारले निर्देशन गर्दैछिन्।







