जेठ ३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जात्रै जात्रा’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई हाबी बनेको ट्रेलरमा सुन हराएपछिको भागदौडलाई देखाइएको छ। वर्षा राउत, राजाराम पौडेललाई पनि ट्रेलरमा स्थान दिइएको छ।
प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन्। फिल्ममा सिंगे लामा र यज्ञराज पौडेल निर्माताका रुपमा रहेका छन् ।