चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा समावेश गीत ‘दुबो फुल्यो’को संगीतलाई चोरीको आरोप लागेको छ। कालीप्रसाद बास्कोटा र शर्मिला बर्देवाले आवाज दिएको गीत ‘कहिले फोटो सिरानीमा’को संगीत कपी गरेर यस गीतमा राखिएको आरोप लागेको हो।
‘कबड्डी ३’ मा समावेश उक्त गीतको संगीत एसडी योगीले तयार पारेका हुन् भने कहिले फोटो सिरानी बोलको गीतमा आलोक श्रीको संगीत रहेको छ।
संगीतकार आलोक श्री आफूले चोरीको आरोप नलगाएको बताउँछन्। उनी भन्छन्, ‘मैले चोरीको आरोप लगाएको हैन् । कसैले मलाई फोन गरेर मिलेछ भन्नुभयो। पछि उहाँहरु आफैँले फोन गरेर मिलेको स्विकार्नु भएको छ।’
अहिले आलोक श्री र कबड्डी कबड्डी कबड्डी निर्देशक रामबाबु गुरुङ र आलोकश्री बीच भेटवार्ता भइसकेको छ। उनीहरु बीच सहमतीमा जाने मौखिक सम्झौता भएको छ।