विकासराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘हजार जुनीसम्म’ साउन ३० गते नै रिलिज हुने भएको छ।
यस फिल्मले सुरुमा साउन ३० गतेलाई रिलिज मिति तय गरेको थियो। तर, उक्त मितिमा प्रभाषको फिल्म ‘साहो’ रिलिज हुने भएपछि हजार जुनीसम्म भदौ ६ गते पुगेको थियो।
अहिले साहोले आफ्नो रिलिज मितिलाई २ साता पछाडि सारेपछि यस फिल्म पुनः पूर्व निर्धारित समयमा आएको हो। निर्माण युनिटले नयाँ पोस्टर सार्वजनिक गर्दै पुरानै मितिमा रिलिज हुने बताएको हो।
‘हजार जुनीसम्म’मा आर्यन सिग्देल, सलोन बस्नेत, स्वस्तिमा खड्का, संचिता लुईंटेल, अखिलेश प्रधान, अनुभव रेग्मी लगायतको अभिनय छ। फिल्मलाई विशाल चाम्लिङ्गले निर्माण गरेका हुन्।