फिल्म दयारानीले पुन: आफ्नो फिल्मको रिलिज मितिलाई पछाडि सारेको छ। यस फिल्मले तेस्रो पटक रिलिज मिति पक्का गरेको हो। यसअघि फिल्मले दुई पटक आफ्नो रिलिज मिति तोकिसकेको थियो।
जेठ १० गते, साउन ३० गते हुदैँ फिल्मले फागुनको ९ गते पुगेको छ। हल नपाएको गुनासो गर्दै निर्माण पक्षले फिल्मको रिलिज मितिलाई पछाडि सारिरहेको छ। तर, फागुनको ९ गते पनि यस फिल्मले सोलो रिलिजको मौका भने पाउने छैन्। उक्त मितिमा ‘आमा’ र ‘लप्पन छप्पन २’ रिलिज हुदैँछन्।
माओत्से गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, दीया पुन विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले लगतायतको अभिनय रहेको छ। मोहन गुरुङले निर्माण गरेका हुन्। शैलेन्द्र डि. कार्कीले खिचेको फिल्मलाई राजेन्द्र खड्का र निमेश श्रेष्ठले सम्पादन गरेका छन्।