चलचित्र पत्रकार संघको आयोजनामा चलचित्र पत्रकारिता कार्यशाला गोष्टीको आयोजना हुने भएको छ । पोखरामा आयोजना हुने यस कार्यक्रम भदौको १८ देखि २० गतेसम्म चल्नेछ । यस कार्यक्रममा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ ।
यस कार्यक्रम चलचित्र पत्रकारिता गरिरहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नको लागि आयोजना गर्न लागिएको संघका अध्यक्ष सन्दीप सापकोटाले बताए । यस कार्यक्रममा पूराना तथा अनुभवी पत्रकारहरुले आफ्नो अनुभव र पत्रकारिताको ज्ञान दिइने बताइएको छ ।
कार्यक्रममा पत्रकारको आचारसंहिता तथा मिडिया कानुन, फिल्म समिक्षा, डिजिटल पत्रकारिता, पर्यटन र फिल्म पत्रकारिता, फोटो र मल्टिमिडियाको विषयमा बहस गरिने बताइएको छ ।