असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को शिर्ष गीत रिलिज भएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माले स्वर दिएका छन्।
भिडियोमा गायकद्वय कालीप्रसाद र अनुमप फिचर भिडियोमा बैजु कर्मचार्यको निर्देशन रहेको छ। भिडियोको कन्सेप्ट पनि कालीप्रसाद कै हो। श्रृजना सन्नी सुमनले दिएको गीतको शब्द पनि बास्कोटा र शर्माले नै तयार गरेका हुन्।
रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, कर्मा, उपसना सिंह ठकुरी, बुद्धि तमाङ, विल्सन बिक्रम राई, विजय बराल लगायतको मुख्य भूमिका रहेको छ।
‘सिनेमा आर्ट’को व्यानरमा बनेको फिल्ममा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ। फिल्ममा रुदेन सदा लोप्चा, सह-निर्माताको रुपमा रहेका छन्।
फिल्मको पटकथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्। सैलेन्द्र डि कार्कीले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।