 नेपालमा महिला केन्द्रित फिल्म निकै न्यून संख्यामा निर्माण हुने गरेका छन्। निर्माण भएका चलचित्र पनि सुरक्षित छैनन्। तर, आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जाइरा’लाई महिला केन्द्रित फिल्म भनिएको छ।
नेपालमा महिला केन्द्रित फिल्म निकै न्यून संख्यामा निर्माण हुने गरेका छन्। निर्माण भएका चलचित्र पनि सुरक्षित छैनन्। तर, आउँदो भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘जाइरा’लाई महिला केन्द्रित फिल्म भनिएको छ।
फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिकामा छिन्। उनले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निभाएकी छन्। फिल्ममा उनलाई एक्सन गर्दै गरेको देख्न सकिनेछ। पर्दामा लभर गर्लको भूमिकामा निकै रुचाइएकी उनले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेकी हुन्।
यो फिल्ममा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ। नव अभिनेत्री श्रृजना रेग्मी फिल्ममा भिलेन ‘बुलेट’को भूमिकामा छिन्। फिल्ममा अभिनेत्री नम्रता र उनले जबरजस्त लडाईं गरेका छन्। ट्रेलरमा पनि त्यसको केही दृश्य अटाइएको छ। अभिनेत्री नम्रताका अनुसार, फिल्ममा अहिलेसम्मकै पावरफुल फिमेल भिलेनको क्यारेक्टर श्रृजनाले निभाएकी छन्।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको सर्वत्र प्रशंसा भइरहेको छ। ट्रेलरको एक दृश्यमा उनको बाइक स्टन्टले अझ धेरैको ध्यान खिचेको छ। फिल्म रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ।
उनी पनि यो फिल्मलाई लिएर आफू निकै आशावादी रहेको बताउँछिन्। फिल्ममा आफूले एक्सनमा निकै मेहनत गरेको उनको भनाई छ।
नम्रता र श्रृजनाका अलावा फिल्ममा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ। यसलाई आशुतोषराज श्रेष्ठले निर्देशन गरेका हुन्।
 
                                                                                               







 
			   
			   
			   
			   
			  