बालाजुमा रहेको एनएफडिसीको स्टुडियोमा भव्य सेट लगाएर फिल्म ‘पोई पर्यो काले’को शिर्ष गीतको छायांकन गरिएको छ। शिर्ष गीतमा मुख्य कलाकार सबैलाई स्थान दिइएको छ।
फिल्मको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ।
नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले गीतमा कम्मर मर्काइरहेका थिए। कोरियोग्राफर रामजी लामिछाने कलाकारलाई डान्स स्टेप सिकाउन व्यस्त देखिन्थे। छायांकार शिव ढकाल आकर्षक सेट र कलाकारलाई क्यामेरामा कैद गर्न तल्लिन थिए।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन्। चचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ। अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन्।
कात्तिक ८ गतेबाट रिलिज हुने फिल्म कमेडी कथामा निर्माण भएको छ।