फिल्म ‘छक्का पञ्जा २’ युट्युबमा रिलिज भएको छ। हलमा रिलिज भएको लामो समयपछि यस फिल्मलाई निर्माण पक्षले युट्युबमा रिलिज गरेको हो।
दर्शकले गुनासो गरेपछि युट्युबमा रिलिज गर्न बाध्य भएको निर्माण पक्षले बताएको छ। दशैँलाई लक्षित गर्दै फिल्म रिलिज गरिएको निर्माता, लेखक तथा अभिनेता दीपकराज गिरीले बताएका छन्। उनले फेसबुकमा एक स्टाटस लेख्दै दर्शकको प्रतिक्षालाई पूरा गर्न फिल्म रिलिज गरिएको बताएका छन्। उनले छक्का पञ्जा ३ पनि चाडै रिलिज हुने उल्लेख गरेका छन्।
दीपाश्री निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाललगायतको मुख्य भूमिका रहेको छ। फिल्मले विदेश जाने युवाको कथालाई प्रस्तुत गरेको छ।