पछिल्लो समय साउथ फिल्मका स्टार नायक प्रभाष अभिनित फिल्म ‘साहो’ रिलिज भयो। समिक्षात्मक रुपमा कमजोर बनेको यस फिल्मको व्यापार भने सन्तोषजनक रह्यो। प्रतिक्षित फिल्मका रुपमा हेरिएको यस फिल्मले दर्शकलाई निराश बनायो। बाहुबली जस्तो फिल्मबाट धेरैको वाहीवाही कमाएका प्रभाषले यस फिल्मबाट गालीको वर्षा पाए।

’साहो’ रिलिजपछि प्रभाषले नयाँ लभस्टोरी फिल्ममा काम गर्न लागेको बताएका थिए। अहिले प्रभाष अभिनित फिल्म ‘जान’ छायांकन भइरहेको छ। फिल्ममा प्रभाषले पूजा हेगंडासँग रोमान्स गरेका छन्। यस फिल्म प्रभाषको आफ्नै होमप्रोडक्सनबाट निर्माण भएको हो।
यस्तैमा, प्रभाषको विषयमा नयाँ समचार बाहिरिएको छ। प्रभाष साउथ इन्डियन फिल्मका सफल निर्देशक सुरेन्द्र रेड्डीको फिल्ममा अनुबन्धित भएका छन्। निर्देशक सुरेन्द्रसँग काम गर्न प्रभाष पनि निकै उत्साहित देखिन्छन्।
हाल स्कृप्टमा काम भइरहेको यस फिल्मको बजेट पनि निकै उच्च हुने बताइएको छ। फिल्मको पूर्ण स्कृप्ट सकिएपछि मात्र फिल्मको नाम, छायांकनको तलिका र रिलिज मिति तय गरिने निर्माण पक्षको योजना रहेको छ।