बलिउड अभिनेता साहिद कपुर अहिले आफ्नो नयाँ फिल्म ‘जर्सी’लाई लिएर चर्चामा छन्। सफल तेलुगु फिल्म ‘जर्सी’को रिमेक फिल्ममा साहिदले काम गर्न लागेका हुन्।

यस फिल्ममा उनले आफूलाई क्रिकेटरको भूमिकामा प्रस्तुत गर्नेछन्। फिल्ममा क्रिकेटर बन्नुपर्ने भएपछि अहिले साहिद क्रिकेट सिकिरहेका छन्। अहिले साहिद बल र ब्याटसँग मैदानमा रमाइरहेका छन्। फिल्ममा वास्तविक खेलाडी जस्तै देखियोस् भन्ने सोचेर साहिदले क्रिकेट सिकिरहेका हुन्।
तेलुगु जर्सीमा भने नानीको मुख्य भूमिका निर्वाह गरेका थिए। तेलुगु फिल्मलाई गोवाथम तिन्ननुरीले निर्देशन गरेका थिए भने हिन्दी रिमेकलाई पनि उनैले निर्देशन गर्नेछन्।
साहिदले यसअघि पनि रिमेक फिल्ममा काम गरेका छन्। उनले ‘अर्जुन रेड्डी’को रिमेक फिल्म ‘कविर सिंह’मा काम गरेका थिए। यस फिल्मबाट साहिदको निकै प्रशंसा भएको थियो। फिल्मले साहिदको करिअरलाई धेरै उचाई दिएको थियो।