(3)(1).jpg)
सुदर्शनको निर्देशनमा तयार भएको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहलाई फिचरिङ गरिएको छ। भिडियोमा उनीहरुलाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। भिडियोको करियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यस गीतको छायांकन करिब ७ दिन लगाएर नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ।
शिवम अधिकारी र दिनेश न्यौपाने मिलेर लेखेको यो फिल्मलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन्। फिल्ममा सह-निर्माताको रुपमा जन्मजय साम्पाङ राई रहेका छन्।